परिस्कृत सहित स्टार होटलको सेवा विस्तारमा, प्रेसिडेन्ट बिजनेस ग्रुप
टल उद्योग क्षेत्रमा नयाँ स्वाद र सेवा प्रदान गर्दै आएको प्रेसिडेन्ट बिजनेस ग्रुपले आफूलाई थप परिस्कृत गर्दै थप सेवा विस्तार गर्न थालेको छ। यस कम्पनीले पहिलो चरणमा काठमाडौमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अघि करिब ५ करोडको लगानीमा तारे स्तरको होटल सेवा शुरु गर्न थालेको हो । यस प्रेसिडेन्ट होटेलमा यात्रुले उच्च स्तरीय सेवा अनि गुणस्तरीय स्वादको अनुभव गर्न पाउनेछन्।
आगामी दुइ वर्ष भित्रमा १ अर्बको लगानीसहित देशभरका दश ठूला शहरमा होटल तथा हस्पिटालिटी सेवा सञ्चालन गर्ने गरी तयारी अघि बढेको प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारी बताँउछन्। उनी भन्छन्,“सामूहिकतामा काम गर्ने उदेश्यले होटल क्षेत्रमा हात हालेका हौ, फरक क्षेत्रमा अनुभव प्राप्त गरेका व्यवसायीक व्यक्तित्वहरुको समूह हो,यो । एनआरएनएका व्यक्तित्वहरूसंगको सहकार्यमा नेपालका प्रमुख शहरमा १० वटा नयाँ होटलहरु सञ्चालन गर्ने गरी अघि बढेका छौ,एनआरएनएका उपमहासचिव सोम सापकोटाको नेतृत्वसंगको सहकार्यमा हामी काम गर्दैछौ ।नेपाली हस्पिटालिटी क्षेत्रमा ‘स्वच्छ वातावरण, सरल ठेगाना,स्तरीय सेवा र स्वादिष्ट खाना’ भन्ने व्यवसायीक संकल्प लिएर हामी अघि बढेका हौ।”
होटल व्यवसायी महासंघका महासचिव समेत रहेका प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारी थप्दै भन्छन्,“एनआरएनएका उपमहासचिव सोम सापकोटा जस्ता दिग्गज र बौद्धिक व्यक्तित्वसंगको सहकार्यमा होटल क्षेत्रमा नयाँ सोचकासाथ अघि बढेको छौ, जहाँ प्रेसिडेन्ट बिजनेस ग्रुपले तीन सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। यस्तो अवसर पाउनेमा ३० जना त फरक क्षमता भएका व्यक्तिहरु छन्।”
रोजगारीको नयाँ गन्तव्यका लागि यस ग्रुपद्धारा सञ्चालनमा आउने यस होटल पर्यटकीय तथा तारे होटलको मापदण्डका साथ सेवा प्रदान गर्दै आइरहेकोमा यस ग्रुपले आफूलाई थप परिस्कृत गर्दै सेवा विस्तारमा अघि बढेको छ।ग्राहकलाई सस्तो, सर्वसुलभ र गुणस्तरीय सेवा दिने उदेश्यकासाथ केही दिनमै राजधानीमा होटल औपचारिकरुपमा सञ्चालनमा आउन लागेको हो ।गैरआवासीय नेपालीहरू र प्रेसिडेन्ट बिजनेस ग्रुप बीचको सहकार्यमा नेपालभर होटल सेवा विस्तार गरिने भएको छ।
गैरआवासीय नेपालीले आर्जन गरेको आफ्नो सीप र ज्ञानको उपयोग गर्दै होटल सेवामा फरक र पृथक स्वाद दिइनेछ। कम्पनीले आउँदो २ वर्षभित्र देशका मुख्य शहरहरु काठमाडौं, पोखरा, चितवन, बुटवल, धनगढी, सुर्खेत, विराटनगर लगायतमा होटल सञ्चालन गर्नेछ। प्रेसिडेन्ट होटलको थप परिस्कृत सेवासहितको विस्तारले नेपालको होटल उद्योगमा नयाँ इट्टा थपिने कम्पनीको विश्वास छ। १९ वर्षदेखि होटल क्षेत्रमा उत्कृष्टता र ग्राहक सन्तुष्टिका लागि क्रियाशिल प्रेसिडेन्ट बिजनेस ग्रुप एक स्थापित र प्रतिष्ठित निजी कम्पनी हो । नेपालमा पर्यटन क्षेत्रको प्रवल सम्भावनाका क्षेत्रहरु बढ्दै गएपछि होटेल तथा हस्पिटालिटी क्षेत्रमा लगानी विस्तार गर्दै कम्पनी अघि बढेको हो ।
स्वदेशमै लगानी बृद्धि गरेर उत्पादन र रोजगारी अभिवृद्धि गर्ने उदेश्यले लब्ध प्रतिष्ठित व्यवसायीहरूको लगानीमा प्रेसिडेन्ट बिजनेस ग्रुपले होटल तथा हस्पिटालिटी क्षेत्रमा लगानी तथा व्यवसायीक क्षेत्र विस्तार गरेको हो । प्रेसिडेन्ट बिजनेस ग्रुपको जुन कलर छ, त्यो उसको आफ्नै ब्राण्ड कलर हो, यस कलर बजारमा स्थापित ब्राण्ड हो ।







